देश

काठमाण्डौंमै बस चढ्न हिउँद कुर्नुपर्छ

काठमाडौं, असोज ६–शंखरापुुर नगरपालिकाको नाङ्लेभारे अझै पनि विकासमा निकै पछि परेको छ। यहाँको पटाप र छापभञ्ज्याङ तामाङ बस्तीका बाहुल्य रहेको बस्ती हो। यहाँका बासिन्दाले सहजरुपमा यातायात सेवा पाउन सकेका छैनन्। यस्तै, साँखु, जहरसिंहपौवा हुँदै मेलम्ची पुग्ने सडकखण्डमा बर्खाको समयमा गाडी चल्दैनन् । अरु बेला पनियो सडकको अवस्था उस्तै छ।

हिलो र खाल्टाखुल्टीले गाडी चलाउनै मुस्किल हुने गरेको चालक अनुभव सुनाउँछन्। केराघारीका बासिन्दा सवारी साधन प्रयोग गर्न एक घण्टा उकालो चढेर छापसम्म पुग्छन्। स्थानीय वीरबहादुर तामाङ यातायातसँगै विद्यालय र स्वास्थ्य चौकीबाट समेत सेवा लिन सहज नभएको बताउँछन्। यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

Featured