NRNA खबर देश

गैर आवासीय नेपाली संघ (एनआरएनए ) उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी घोषणा

काठमाडौं, असोज ५–गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसी उपाध्यक्षमा अर्जुन कुमार श्रेष्ठले पनि उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा सम्पन्न हुने संघको नवौ विश्व सम्मेलनमा श्रेष्ठले बेल्जियमबाट उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनएको दुई कार्यकाल आइसिसी सदस्य हुँदै यूरोप संयोजक र आइसिसी सचिव समेत भइसकेका भएको श्रेष्ठ अघिल्लो आठौं विश्व सम्मेलनमा महासचिवको उम्मेदवार बनेका थिए । पर्वत स्थायी घर भएका श्रेष्ठ बेल्जियममा लामो समयदेखि बस्दै आएका छन् ।

एनआरएन अभियानमा सक्रियतापूर्वक लाग्दै आउनुभएको श्रेष्ठले आफनो उम्मेदवारी एनआरएनको संस्थागत रुपान्तरण र परिवर्तनको लागि भएको बताएका छन् । गैर आवासीय नेपालीका थुप्रै समस्याहरु रहेको बताउँदै आफु सो पदमा निर्वाचीत भए विशेष गरि मध्य पूर्व र मलेसियामा रहेका नेपाली श्रमीकका सवालमा सशक्त ढंगले आवाज उठाउने श्रेष्ठले प्रतिवद्धता जनाएका छन् ।

एनआरएनए कार्ययोजना स्पष्ट रहेको बताउँदै श्रेष्ठले पूर्व अध्यक्ष शेष घलेले ल्याएको भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्डलाई कार्यान्वयन लग्नु नै संस्थाको मुख्य एजेन्डा हुनुपर्ने समेत बताएका छन् । एनआरएन अधुरा मेगा प्रोजेक्ट पूरा हुन नसकेकोमा चिन्ता प्रकट गर्दै श्रेष्ठले अब एनआरएनए स्पष्ट भिजन र मिसनसहित अगाडि बढ्ने र त्यसका लागि सशक्त, काम गर्न सक्नेहरुको टिम निर्वाचनबाट आउनुपर्नेमा समेत उनले बताए ।

श्रेष्ठले एनआरएनमा बोलेर भन्दा पनि अनुभवि, पारदर्शी, राम्रो भिजन भएका, योगदान गरेका र संस्थामा अनुभव हासिल गरेका व्यक्तीहरुलाई मत दिएर निर्वाचीत गराउनुपर्ने र त्यसका लागि आफु योग्य भएकाले उपाध्यक्ष्म पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिए ।

Featured