देश

जीपमाथि ढुंगा खस्दा तीन यात्रु घाईते

बेनी, असोज ५—जोमसोम सडकखण्डमा गुडिरहेको बोलेरो जीपमाथि ढुंगा खस्दा तीनजना यात्रु घाईते भएका छन्।बेनीबाट मुस्ताङ जाँदै गरेको जीप रघुगंगा गाउँपालिका–३ घुमाउने तालमा सडक ग १ ज ७०६२ नम्बरको जीपमा सडकमाथिबाट खसेको ढुंगा लाग्दा रुपन्देही जिल्ला देवदह नगरपालिका–५ का ७१ बर्षिय यामबहादुर विक, उनकी श्रीमति ६३ बर्षिया गंगी विक र बागलुङ नगरपालिका–३ का मन बहादुर थापा घाईते भएका हुन्। जीपमा चालक सहित १४ जना यात्रु सवार थिए।

गएरातीको अबिरल बर्षासँगै हिलाम्मे सडकमा जोखिम मोलेर यात्रा गरिरहेका यात्रुलाई घुमाउने ताल नजिककै पुग्ने बेलामा एक्कासी गाडी माथिको साईडमा ढुंगा बज्रिएको चालक शुसिल परियारले बताए। उनका अनुसार यात्राको क्रममा घाईते अवस्थाका विरामीलाई तत्कालै सोही गाडीमा बेनी अस्पतालमा ल्याइएको थियो। घाईतेमध्ये यामबहादुरको एक्सरे भइरहेको छ। उनको शरीरमा चोट लागेपनि अन्य घाईते खतरामुक्त रहेको जनाइएको छ।

Featured