विदेश

पाकिस्तानको बबुसार टप नजिकै बस दुर्घटना, २६ को मृत्यु, १२ जना घाइते

गिल्गिट, एजेन्सीम असोज ५-पाकिस्तानको बबुसार टप नजिकै भएको बस दुर्घटनामा हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ। आइतबार बिहान भएको उक्त दुर्घटनाका परि १२ जना घाइते पनि भएको स्थानीय प्रहरीले जनाएको छ।

दुर्घटनामा परि मृत्यु भएका र घाइते भएका मध्ये अधिकांश बालबालिका र महिला रहेको गिल्गिट बल्तिस्तान सरकारका प्रवक्ता फजुल्लाह फराकले जानकारी दिए। स्कार्दुदेखि रावलपिण्डीतर्फ जाँदै गरेका बेला बस दुर्घटना भएको हो। घाइतेमध्ये अधिकांश गिल्गिट बल्तिस्तानका रहेका छन्। घटनाका बारेमा अनुसन्धान प्रक्रिया सुरु भइसकेको प्रहरीले जनाएको छ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ।–एएनआई

Featured