खेलकुद देश

साफ यु–१८ : बंगलादेशको बिजयी शुरुवात

काठमाडौं, असोज ५-काठमाडौंमा जारी साफ यु–१८ च्याम्पियनसिप अन्तर्गत गत बर्षको उपविजेता बंगलादेशले जितका साथ प्रतियोगितामा सुखद शुरुवात गरेको छ। बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ३–० ले हराएको हो।

हल्चोक स्थित सशस्त्र प्रहरीको स्टेडियममा भएको खेलको पहिलो मिनटमै तनविर होसेनले बंगलादेशका लागि गोलको खाता खोलेका थिए। पहिलो हाफसम्म १–० को अग्रता कायम गरेको बंगलादेशले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको थियो।

खेलको ७६औं मिनटमा फहिम मोर्शिदले बंगलादेशका लागि दोस्रो गोल गरे भने ८६औं मिनटमा फयसल अहमदले तेस्रो गोल गर्दै बंगलादेशको जित पक्का गरेका थिए। प्रतियोगिता अन्तरगत बंगलादेशले आफ्नो दोस्रो खेल सोमबार दावेदार भारतसँग खेल्नेछ।

Featured