देश

जीवन बिमा अब मोबाइलमा

काठमाडौं, असोज ५–राष्ट्रिय बिमा संस्थानले दिने जीवन बिमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै प्राप्त हुने भएको छ । पूर्ण सरकारी स्वामित्वको नेपालकै पुरानो सो जीवन बिमा कम्पनीले बीमक र बिमितहरुका लागि उपयोगी हुने मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो ।

संस्थानले संविधान दिवसको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘राष्ट्रिय बिमा संस्थान’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।

Featured