देश सूचना/ प्रबिधि

दसैंअघि नै मुख्य २२ सहरमा टेलिकमको फोरजी

काठमाडौं, असोज ५–नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले मुख्य व्यापारिक गतिविधि हुने तथा धेरै जनघनत्व भएका २२ सहरमा दसैअगावै फोरजीरएलटीई सेवा विस्तार गर्ने भएको छ । कम्पनीले आगामी माघसम्म देशभर फोरजी सेवा विस्तार गर्ने लक्ष्यका साथ अहिले काम तीव्र गतिमा अगाडि बढाएको छ ।

पहिलो चरणमा सहरबाट सेवा विस्तार गर्ने योजनामा रहेको टेलिकमले देशभर माघसम्म कुनै पनि ठाउँ बाँकी नगरहने गरी ‘कभरेज’ पुर्याउँदै छ । टेलिकमको फोरजीरएलटीई परियोजना १८ अर्ब रुपैयाँ लागतको हो । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।

Featured