NRNA खबर देश

एनआरएनए युके अध्यक्षमा पुनम गुरूङ निर्वाचीत

काठमाडौँ, असोज ४–एनआरएन यूकेको अध्यक्षमा पुनम गुरुङ निर्वाचीत भएकी छन् । प्रतिस्पर्धी शेर बहादुर सुनारलाई २ सय ३ मतको अन्तरले पराजीत गर्दै पुनम डेढ दशक लामो एनआरएन यूके इतिहासकै पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छन् । गत आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्षमा निर्वाचीत पुनमले ४५५१ मत प्राप्त गरेकी छन् भने सुनारले ४३४८ मत पाएका छन् । उपाध्यक्षमा प्रेम गाहा ३५५९ र सुनिलबाबु खड्का २७५७ मत ल्याएर विजयी बनेका छन् ।

महिला उपाध्यक्षमा रोजिना प्रधान राईले ४४४४ मतसहित जितेकी छन् । महासचिवमा फडिन्द्र भट्टराई ३९७५ मत प्राप्त गरी विजयी बने । सचिवमा जित रानाभाट ३२०९ र कोशलेश्वर ढकाल ३२१३ मत ल्याइ निर्वाचीत भएको जनाइएको छ । महिला सचिवमा रन्जिता मल्ल ४४९६, कोषाध्यक्षमा तेजेन्द्र रोका ३५८७ र सहकोषाध्यक्षमा सलुन्तला गुरुङ ३९३६ मतसहित विजयी बने । युवा संयोजकमा नविन गुरुङ ४३६८, र महिला संयोजकमा प्रसुना कंडेल ३३८५ मतसहित जितेका छन् ।

सदस्यमा सरस्वती केसी, अमृता गिरी, गोमा पौडेल, प्रकाश कंडेल, कोपिला वनेम, लालबहादुर गुरुङ, कृष्णप्रसाद खरेल, डा. सुनिलकुमार शाह, हेमबहादुर लिम्बु, चन्द्रकला लिम्बु, तारामैया गुरुङ, ज्ञानेन्द्र आले मगर विजयी भएका छन् । आइसिसी सदस्यमा लिलादेवी गुरुङ, सुशिला राई, योगकुमार फगामी , दयानिधि सापकोटा, ललित न्यौपाने, अर्कराज तिम्सिना र सुरोज मास्के निर्वाचीत भए ।

इङ्ल्यान्ड राज्य परिषद अध्यक्षमा दिपक श्रेष्ठ निर्वाचीत भएका छन् । उपाध्यक्षमा लालबहादुर गुरुङ, सचिवमा गोबिन्द शर्मा खरेल , कोषाध्यक्षमा ध्रुवहरि बास्कोटा, सहकोषाध्यक्षमा चन्दन गुरुङ विजयी भएका छन् । त्यसैगरी सदस्यमा वन्दना केसी, मोहन ओली, प्रकाश न्यौपाने र सिताकुमारी पन्त विजयी भएका छन् । नतिजाको औपचारिक घोषणा भने आइतबार गरिने कार्यक्रम रहेको जनाइएको छ ।

Featured