देश

कीर्तिपुरसँग भावनात्मक सम्बन्ध छः प्रचण्ड

काठमाडौं, असोज ४–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुरसँग भावनात्मक सम्बन्ध रहेको बताएका छन्। शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले कीर्तिपुरलाई आफ्नो माइतीघरको संज्ञा दिएका छन्।

कीर्तिपुर पञ्चायती शासन व्यवस्थाविरुद्ध आन्दोलन गर्दा भूमिगत रुपमा बस्ने, संगठन बनाउने ठाँउ भएको उल्लेख गर्दै कीर्तिपुरबाट जितेर नै आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेको सम्झना सुनाए। उनले कीर्तिपुरको समग्र विकासका लागि आफूले पहल गरिरहेको पनि जानकारी दिएका थिए।

Featured