देश

सवारी दुर्घटनामा एक जनाको मृत्यु

धरान, असोज ४–धरानमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । स्थानीय अमरहाटमा भएको दुर्घटनामा घाईते भएका धरान–१३ का सविन राईको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । भेडेटारबाट धरान आउदै गरेको को ३७ प ७७३ नं. को बाइक र धरानबाट भेडेटारतर्फ जादै गरेको को ३१ प ३०३४ नं.को स्कुटर एक आपसमा ठोक्किएर उछिट्टिदा भेडेटारतर्फ जाँदै गरेको ना ७ ख १८२५ नं. को ट्रकसँग स्कुटर ठोक्किन पुगेको थियो ।

सो क्रममा राईको गम्भिर घाइते भएका थिए । उनलाई उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रतिष्ठान स्थित प्रहरीले जनाएको छ । घटनापछि मोटरसाइकल चालक, मोटरसाइकल र स्कुटर प्रहरी नियन्त्रणमा रहेको र ट्रक चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

Featured