मनोरंजन विदेश

प्रशनको जवाफ दिन नसकेपछी सोनाक्षी सिन्हाको यसरी उडाइयो मजाक

एजेन्सी, असोज ४–सामाजिक सञ्जालमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा ट्रोल बनेकी छन् । ‘रामायणमा हनुमानले कसका लागि सञ्जीवनी बूटी लिएर आएका थिए ?’ भन्ने प्रश्नको जबाफ दिन नसकेको भन्दै सेनाक्षीलाई ट्रोल बनाइएको हो ।

‘कौन बनेगा करोडपति’ ११औं सिजनको २५औं एपिसोडमा राजस्थानकी उद्यमी रुमा देवी ‘कर्मवीर प्रतिभागी’को रुपमा भाग लिएकी थिइन् । बलिउड अभिनेत्री सोनाक्षी पनि विशेष अतिथिको प्यानलमा थिइन् । उनी रुमा देवीलाई साथ दिइरहेकी थिइन् । यहीबीचमा एक प्रश्न आयो तर सोनाक्षीले त्यसको जबाफ दिन सकिनन् र उनले लाइफलाइन प्रयोग गर्नुपर्यो ।

प्रश्न थियो– रामायणका अनुसार हनुमान कसका लागि सञ्जीवनी बूटी लिएर आएका थिए । जबाफका विकल्प थिए– सुग्रीव, लक्ष्मण, सीता र राम । सोनाक्षीले कन्फिडेन्ट भएर जबाफ दिन सकिनन् । त्यसैले उनले एक्सपर्टवाला लाइफलाइन प्रयोग गरेर जबाफ दिइन्–लक्ष्मण । एपिसोड सकिएलगत्तै ट्विटरमा मानिसले सोनाक्षीको मजाक उडाउन थाले । कतिपयले उनको बचाउ पनि गरिरहेका छन् । यसपछि सोनाक्षी सिन्हा ह्याजट्याग ३क्यलबपकजष्क्ष्लजब भारतमा ट्रेन्डिङमा छ ।

अर्पित सिंह नामका प्रयोगकर्ताले लेखेका छन्, ‘सोनाक्षी सिन्हाका बुबा शत्रुधन सिन्हाका तीन भाइ छन्– राम, भरत र लक्ष्मण । सोनाक्षीका भाइहरुको नाम लव र कुश हो । उनको घरको नाम रामायण हो । तर पनि उनले यो प्रश्नका लागि लाइफलाइन प्रयोग गरिन् ।अर्का प्रयोगकर्ता मनिष चौहान प्रश्न गर्छन्, ‘निकै निराशाजनक, कुनै मान्छे यति बुद्धु कसरी हुन सक्छ ?’यस्तै, पेवेन्द्र पाई नामको ह्याण्डलबाट ट्वीट गरिएको छ, ‘मुस्लिम भए पनि म यो प्रश्नको जबाफ दिन सक्छु । तर, यो प्रश्नका लागि सोनाक्षी सिन्हाले लाइफलाइनको प्रयोग गरिदिइन् ।’ यसलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले केही मीम्स पनि सेयर गरिरहेका छन् । अभिनेत्री आलिया भट्ट पनि ‘कफी विथ करण’ सोमा केही सजिला प्रश्नको जबाफ दिन नसकेर मजाकको पात्र बनेकी थिइन् ।

यसमा पनि एक प्रयोगकर्ताले ट्वीट गरेका छन् ।यसबीच कतिपयले सोनाक्षी सिन्हाको बचाउ पनि गरेका छन् । सुमितकुमार सक्सेना नामका युजरले लेखेका छन्, ‘निर्दोष छिन्, गल्ती भयो ।’ सुमेध पोहारे लेख्छन्, ‘गल्ती मान्छेबाटै हुने हो ।’पुलकित नामका युजर लेख्छन्, ‘केही छैन, तपाईंले जबाफ दिन सक्नुभएन । मेरा पिता ट्याक्सेशन एड्भाइजर हुनुहुन्छ, तैपनि म ट्याक्सको परीक्षामा फेल भएको थिएँ ।’

Featured