देश

संविधान दिवसको अवसरमा व्यवसायीलाई कर शिक्षा

पोखरा, असोज ४–आन्तरिक राजस्व कार्यालय पोखरा र रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराको संयुक्त आयोजनामा संविधान दिवसको उपलक्ष्यमा रेवान पोखराका सदस्यलाई कर शिक्षा दिइएको छ । कर प्रालिको आवश्यकता र व्यवस्थापनका विषयमा केन्द्रित भएर व्यवसायीलाई रेवानको अगुवाइमा कर शिक्षा प्रदन गरिएको हो ।

रेवानसँग आवद्ध व्यवसयीलाई आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत केशव उप्रेतिले करका बारेमा प्रशिक्षण दिएका थिए । उनले वयवसायीलाई कर तिर्दा हुने फाइदाबारे जागरुक गराए । प्रमुख कर अधिकृत उप्रेतिले सहभागीहरुले उठाएका जिज्ञासाको सम्बोधन गरेका थिए । कर अधिकृत उद्धवराज न्यौपानेले आर्थिक ऐन, करका किसिम, मूल्य अभिवृद्धी कर, अन्तशुल्क आयकरजस्ता विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा रेवानका ६० सदस्यहरुले कर शिक्षा लिएका थिए ।

Featured