देश

देशभर आंशिक बदली र एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं, असोज ४–ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६स्०० बजे जनाएअनुसार एक(दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । हिजोआज मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतर्फ सरेको छ ।

हाल देशका मध्य र पूर्वी तराईमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने देशका अन्य भू्(भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । शनिबार दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही एक(दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राति देशका मध्य र पूर्वी भू(भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशका पश्चिमी भू(भागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै महाशाखाले देशका मध्य र पूर्वी भू(भागका केही स्थानमा र पश्चिमी भू(भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहितको हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेकाले पहाडी भू(भागमा पहिरो जान सक्ने तथा नदीहरूमा पानीको बहाव सामान्य बढ्न सक्ने हुनाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Featured