देश

इन्टर हस्पिटल फुटसलको क्वाटरफाइनल समीकरण पूरा

काठमाडौं, असोज ३–’महिला स्वास्थ्य इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’को क्वाटरफाइनल समिकरण पूरा भएको छ । ’खेल खेलौं, स्वस्थ बनौं’ भन्ने अभियानका साथ सञ्चालन गरिएको प्रतियोगिताको अन्तिम ८ मा पुग्ने टोलीको टुङ्गो लागेको हो ।

काठमाडौंको बालुवाटारस्थित ढुकु फुटसल मैदानमा भएको प्रतियोगितामा निदान हस्पिटल, मध्यपुर हस्पिटल, सुमेरु हस्पिटल, स्टार हस्पिटल, अल्का अस्पताल, नेपाल नेश्नल हस्पिटल, मेट्रो हस्पिटल र केएमसी हस्पिटलले क्वाटरफाईनलमा स्थान सुरक्षित गरेका हुन् ।

अब सेमिफाईनल प्रवेशका लागि निदानले मध्यपुरसँग, सुमेरुले स्टारसँग, अल्काले नेपाल नेश्नलसँग तथा मेट्रोले केएमसीसँग प्रतिस्पर्धा गर्नेछ । लिग कम नकआउटका आधारमा सञ्चालन गरिएको प्रतियोगितामा २१ टिम सहभागी थिए ।

समुह चरणको खेलबाट वयोधा, निदान, नेपाल एपिएफ, सुमेरु, सिभिल, मध्यपुर, मेट्रो, स्टार, ट्रमा, अल्का, पुलिस, मेट्रो आई केयर, नर्भिक, नेपाल नेश्नल, काठमाडौं मोडेल र नेश्नल क्यान्सर जावलाखेल नकआउट चरणमा प्रवेश गरेका थिए । कखरा पब्लिकेशनले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Featured