देश

राजपाका कार्यकर्ताले संविधान जलाउँदा सुरक्षाकर्मी मुकदर्शक

जनकपुर, असोज ३–संसदको विपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा)को निर्णय विपरीत सोही पार्टीका कार्यकर्ताले जनकपुरधाममा संविधान जलाएका छन् । जनकपुरधामको जनक चोकमा राजपाको कोणसभा सम्पन्न गरी प्रमुख नेताहरु चोकबाट निस्किएलगत्तै केही युवाको समूहले संविधानको प्रति जलाएको हो ।त्यसपछि उनीहरुले संविधानविरुद्ध नाराबाजीसमेत गरे ।

उनीहरुले अर्को संविधान बनाउन माग गरे । त्यही भीडको नजिकै रहेका सुरक्षाकर्मी संविधान जलाएर टुलुटुलु हेरेर बसे । राजपा नेपालले संविधानको विरोध गरे पनि संविधानको प्रति जलाउने कुनै निर्णय गरेको थिएन ।

Featured