खेलकुद देश

माल्दिभ्ससँग बराबरीमै रोकियो डिफेन्डिङ च्याम्पियन नेपाल

काठमाडौं, असोज ३–यु–१८ साफ च्याम्पियनसिपको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल माल्दिभ्ससँग १–१ गोलको बराबरीमा रोकिएको छ । ६२ औं मिनेटमा माल्दिभ्सले पेनाल्टिमा गोल गर्दै अग्रता लिएको थियो । रोशन दोङले माल्दिभ्सका कप्तान हसन नजीमलाई लडाएपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै कप्तान आफैले टिमलाई अग्रता दिलाएका थिए ।

नेपालका लागि मनिष डाँगीले बराबरी गोल गरेका थिए । ७५औं मिनेटमा ब्रिजेश चौधरीले दिएको क्रसमा आकर्षक हेडर गर्दै मनिषले खेल बराबरीमा ल्याएका हुन् । बाँकी समयमा पनि नेपालले गोलका सुन्दर मुभ बनाएको थियो । तर, माल्दिभ्सले उत्कृष्ट डिफेन्सिभ खेल खेल्दै नेपाललाई अग्रता लिन दिएन । आजबाट हल्चोकस्थित एपिएफ स्टेडियममा सुरु भएको प्रतियोगिताका पछिल्ला दुई संस्करण जितेको नेपाल यसपटक पनि च्याम्पियन बन्दै ह्याट्रिक गर्ने दाउमा रहेको छ ।

Featured