देश

नेपाल आइटिएफ सिनियर वर्ल्र्ड याङकिङ फोजी टेनिस च्याम्पियनसिप भोलिदेखि

पोखरा, असोज ३–एनआइसी एसिया बैंक नेपाल आइटिएफ सिनियर वर्ल्र्ड याङकिङ फोजी टेनिस च्याम्पियनसिप शनिबारदेखि पोखरामा हुँदै छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा असोज ९ सम्म पोखरा रंगशालामा प्रतियोगिता हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगितामा तीनवटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ । टेनिसका खेलाडी कमल थापासहित ५२ जनाले प्रतियोगितामा सहभागिता जनाउने संघका कास्की अध्यक्ष दोर्जे लामाले जानकारी दिए । प्रतियोगितामा ३५ वर्ष उमेर समूहका १०, ४५ वर्ष उमेर समूहका २२ र ५५ वर्ष उमेर समूहका २० गरी ५२ जना खेलाडी सहभागी हुने भएका छन् । पाँच भारतीय खेलाडीको पनि सहभागिता रहनेछ ।

Featured