देश

मुर्ती सेलाउन गएका उराँवको डुबेर मृत्यु

विराटनगर, असोज ३–मोरङको कटहरी गाँउपालिकामा मुर्ती सेलाउन गएका एक ब्यक्तिको डूबेर मृत्यू भएको छ ।कटहरी–५ का ४० बर्षिय जोगनारायण उराँवको स्थानिय सुखानी खोलामा डूबेर मृत्यू भएको हो । बिहिबार साँझ गाँउमै आयोजना गरिएको विश्वकर्मा पुजाको मुर्ती सेलाउन गएका उनि खोलामा डूबेर बेपत्ता भएका थिए ।

कटहरी–५ कै सुखानी पुल नजिक अन्य ब्यक्तीहरुसँगै खोलामा पसेका उनि डूबेर बेपत्ता भएको प्रहरीले पुष्टि गरेको छ । सो ठांउमा उराँव डूबेको भएपनि सँगै गएका अन्यले थाहा पाउन नसकेको बताइन्छ । उनि डूबेको ठाँउभन्दा २ किलोमिटर दक्षिण सोहि खोलामा मृत भेटिएका छन् । स्थानीय महिलाहरु जीतिया पर्वका लागि खोलामा नुहाउन पुग्दा बग्दै गरेको शव देखेर प्र्रहरीलाई खबर गरेका थिए ।

Featured