देश

मिथिलाको कठोर जितिया पर्व सुरु

जनकपुर, असोज ३–सन्तानको सुख शान्ति तथा दीर्घायुको कामना गर्दै तीन दिनसम्म मनाइने कठोर जितिया पर्व शुक्रबारदेखि सुरु भएको छ । मिथिलाञ्चलमा मनाइने जितिया पर्वको पहिलो दिन शुक्रबार ‘नहाय खाय’ अर्थात् चोखो भएर खाने विधि गरिएको छ ।

शुक्रबारदेखि विधिवत् सुरुमा सुरु भएको जितिया पर्व आइतबार समापन हुनेछ । महिलाले २४ देखि ३६ घण्टासम्म पानीसमेत नखाई निराहार व्रत बस्ने गरेकाले जितिया पर्वलाई कठोर पर्वको रुपमा लिइन्छ ।

जितिया पर्वको मुख्य उद्देश्य मोक्ष प्राप्तिको कामनासँगै परिवारको कल्याण पनि रहेको मान्यता छ । जितिया पर्वको शुक्रबार राति मिष्ठान परिकार बनाएर दर खाने चलन छ । पर्वको मुख्य दिन शनिबार निराहार व्रत बस्ने गरिन्छ । जितिया पर्वमा जितवाहन भगवानको व्रत तथा उपासना गर्ने गरिन्छ ।

Featured