NRNA खबर देश विदेश

रुसमा पनि मनाइयो संविधान दिवस

काठमाडौँ, असोज ३–शुक्रबार नेपालमा मात्र नभएर विश्वभर छरिएर रहेका नेपालीहरुले नेपालको संविधान दिवस हर्सो उल्लासका साथ मनाउँदैछन् । रुसको राजधानी मस्कोमा पनि नेपालको संविधान दिवस हर्सोउल्लासका साथ मनाइएको छ । मस्को स्थित नेपाली दुतावासले पनि विविध कार्यक्रम गरेर संविधान दिवस मनाएको छ । रुसमा रहेका नेपालीहरुले दुतावासमा भेला भएर सामुहिक रुपमा संविधान दिवस मनाएका हुन् ।

सो अवसरमा रुसका लागि नेपाली राजदुत ऋषिराम घिमिरेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरे । ऐतिहाँसिक संविधान सभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान नेपाली जनताको लामो संघर्ष, बलिदान र प्रतिक्षापछि प्राप्त भएको भन्दै उनले यसले जनताको जनभावना र अपेक्षा सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

उनले नेपाल विकास र समृद्धिको दिशामा अघि बढिरहेको जानकारी दिँदै संविधान दिवसले आम नागरिकमा उत्साह थपेको बताए । राजदुत घिमिरेले नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मानाइरहेको जानकारी दिँदै कार्यक्रममा उपस्तिथ सवै देशका दुतावासका प्रतिनिधिहरुलाई आ–आफ्ना देशका नागरिकलाई नेपाल भ्रमणका लागि आब्हान गर्न आग्रह गरे ।


सो अबसरमा रसियन विदेश मन्त्रालयका निर्देशक काबुलोभ जÞमीर नाभियेभिचले ऐतिहाँसिक संविधान सभाबाट संविधान निर्माण भएको ५ वर्ष पुगेको अवसरमा सवै नेपाली जनतालाई शुभकामना व्यक्त गरे । दिवसका अवसरमा रुसका लागि नेपाली राजदुत ऋषिराम घिमिरे र रसियन विदेश मन्त्रालयका निर्देशक काबुलोभ जमीर नाभियेभिचले संयुक्त रुपमा केक काटेका थिए । कार्यक्रममा मस्को स्थित सवै देशका राजदुत र सवै दुतावासका प्रतिनिधिहरुको समेत उपरिस्थती रहेको थियो ।

सो अवसरमा उनीहरुले शान्ती र समृद्धिका दिशामा अघि बढ्न नेपाली जनतालाई शुभकामना व्यक्त गरे । कार्यक्रममा गैर आवासिय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि, रुस नेपाल मैत्री समाजका प्रतिनिधि तथा मस्कोमा रहेका नेपालीहरुको उपरिस्थती रहेको थियो । दिवसका अवसरमा राजदुत घिमिरेले दिवा भोजको समेत आयोजना गरेका थिए ।

Featured