देश

संविधानको चार वर्षः रोकिएन विदेसिनेको लर्को

काठमाडौं, असोज ३–संविधान जारी भएता पनि रोजगारीका लागि विदेशीनेको संख्या बढिरहेको छ। श्रम स्वीकृति नवीकरण गर्नेको भीड थपिँदो छ। यो चार वर्षमा ४ लाख २७ हजारजति नयाँ कामदार कतार गइसके। गत वर्षमात्रै ५ लाख ८ हजार जना वैदेसिक रोजगारीमा गएका छन्।

संविधानको धारा ३३ मा भनिएको छ ,‘प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ। रोजगारीको सर्त, अवस्था, बेरोजगार सहायता संघीय कानुनबमोजिम हुनेछ।’ यसलाई सुनिश्चित गर्न संघीय संसद्ले २०७५ असोज २ गते ‘रोजगारी हकसम्बन्धी ऐन’ पनि जारी गरेको छ। ऐनमा प्रत्येक नागरिकले कम्तिमा १०० दिनको न्यूनतम रोजगारी, त्यो नसके निर्वाह भत्ता उपलब्ध गराउने उल्लेख छ। उचित श्रम अभ्यास गर्न पाइने प्रत्येक स्थानीय तहमा ‘रोजगार सेवा केन्द्र’ स्थापना गर्ने पनि जनाइएको छ।

तर श्रमस्वीकृति नवीकरणको तथ्यांक केलाउँदा अहिले हरेक वर्ष श्रम बजारमा ५ लाख जनशक्ति उत्पादन भइरहेको छ। उनीहरुलाई आन्तरिक श्रम बजारले समेट्न सकेको छैन। यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

Featured