देश

खोरदेखि भान्सासम्म कर, आफूखुसी मूल्य बढाइयो

ताप्लेजुङ, असोज ३–सदरमुकाममा खसी तथा भेडाको मासु प्रतिकिलो ६ सय रुपैयाँ थियो । ब्रोइलर कुखुराको मासु प्रतिकेजी ३ सय ५० मै पाइन्थ्यो । तर चाडपर्व नजिकिँदै जाँदा व्यवसायीले खसी, भेडा तथा कुखुराको मासुको मूल्य बढाएका छन् ।

खसी र भेडाको मासु प्रतिकिलो ७ सय रुपैयाँ पुगेको छ । यस्तै ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो ६० रुपैयाँ बढेको छ । मासुसँगै अन्य वस्तु तथा सेवाको मूल्य पनि अकासिएको छ । कपाल काटेको ८० रुपैयाँ थियो । अहिले सैलुन व्यवसायीले १०० रुपैयाँ लिन थालेका छन् । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।

Featured