देश

काठमाडौं उपत्यकाका संग्रहालयमा आज प्रवेश निः शुल्क

काठमाडौं, असोज ३–सरकारले आज काठमाडौं उपत्यकामा रहेका विभिन्न संग्रहालयमा निः शुल्क प्रवेश दिने भएको छ । संविधान दिवसको अवसरमा शुक्रबार एक दिन हनुमानढोका, पाटन र भक्तपुरमा रहेका राष्ट्रिय संग्रहालयमा निः शुल्क प्रवेश गर्न दिने भएको हो ।

सरकारले २०७२ असोज ३ गते संविधान जारी भएको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ भने संग्रहालयमा प्रवेश निः शुल्क गरेको हो । सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै संविधान दिवसका दिन संग्रहालयमा निल् शुल्क प्रवेशबारे जानकारी गराएका हुन् । यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

Featured