देश

भ्यालुयर्स एसोसिएसनको तालीम रुपन्देहीमा सुरु

काठमाडौं, असोज २–नेपाल भ्यालुयर्स एसोसिएसन लुम्बिनी च्याप्टरको आयोजनामा तीन दिने फिक्स्ड एस्सेट ट्रेनिङ सुरु भएको छ । रूपन्देहीको मनिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा सुरु तालीम सिनियर ट्रेनर इन्जिनियर देवेन्द्र श्रेष्ठ, ट्रेनर सुशील अमात्य र इन्जिनियर सुमन कोइरालाले प्रदान गरे ।

तालीममा विभिन्न इञ्जिनियरिङ कन्सल्टेन्सी फर्ममा आवद्ध रूपन्देही, भैरहवामा कार्यरत २२ जना इन्जिनियरको सहभागिता थियो । नेपाल भ्यालुयर्स एसासिएसन लुम्बिनी च्याप्टरका अध्यक्ष इन्जिनियर शैलेन्द्रप्रसाद श्रेष्रठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल इञ्जिनियर्रस एसोसिएसन प्रदेश ५ का अध्यक्ष इन्जिनियर कुसुमराज ज्ञवालीले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए ।

नेपाल भ्यालुयर्स एसोसिएसन केन्द्रका उपाध्यक्ष जीवन अर्याल तथा लुम्बिनी च्याप्टरका सल्लाहाकार दुजेन्द्र बस्नेत र टंक कँडेल कार्यक्रमको अतिथि थिए । नेपाल भ्यालुयर्स एसोसिएसन लुम्बिनी च्याप्टरका इन्जिनियर यमलाल पाण्डेले कार्यक्रम सहजीकरण गरेका थिए ।

Featured