देश

संविधान दिवसले संविधानप्रति प्रतिबद्ध बन्ने प्रेरणा प्राप्त : तुम्बाहाङ

विराटनगर, असोज २–प्रदेश नम्बर १ का प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङले संविधान दिवसका अवसरमा आज चियापान समारोहको आयोजना गरेका छन् । प्रदेश नम्बर १ को प्रदेश प्रमुखको कार्यालयमा बिहिबार आयोजित समारोहमा प्रदेश प्रमुख तुम्बाहाङले लामो राजनीतिक अस्थिरतापछि जारी भएको संविधान कार्यान्वयनको चरणमा रहेकाले सबैले जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले संविधान कार्यान्वयनसँगै देशमा शान्ति, समृद्धि र विकासका योजनाहरु अगाडि बढ्ने बताए । तुम्वाहाङले संविधान दिवसले नेपालीलाई संविधानप्रति प्रतिबद्ध बन्ने प्रेरणा प्राप्त हुने विश्वास पनि व्यक्त गरे । उनले सरकार, राजनीतिक दल र प्रदेशवासीलाई एकताबद्ध भएर मुलुकको समृद्धिमा लाग्न आग्रहसमेत गरे । कार्यक्रममा मुख्यमन्त्री शेरधन राई,प्रदेश सांसद, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख पत्रकार लगायतकाको सहभागिता रहेको थियो ।

Featured