मनोरंजन विदेश

रणवीर र दीपिकाको तस्वीर बन्यो भाइरल

एजेन्सी, असोज २–बुधबार मुम्बईमा भारतीय प्रतिष्ठित फिल्म अवार्ड इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आईफा) सम्पन्न भएको छ । उक्त अवार्ड वितरण समारोहमा सलमान खान, आलिया भट्ट, सारा अलि खान, साहिद कपुरलगायत कलाकारहरू सहभागी भए । समारोहमा बलिउडका चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोण पनि सहभागी थिए । उक्त समारोहमा दीपिकाले सबै ध्यान तान्न सफल भइन् ।

उनले फरक किसिमको गाउन पहिरिएर श्रीमान् रणवीरसँग उपस्थित भएकी थिइन् । रणवीरलाई पत्नी दीपिकाको गाउन सम्हाल्नुर्पयो । उक्त फोटो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

सामाजिक सञ्जालमा रणवीर र दीपिकाका फ्यान फलोअर्स छन् । कतिपयले उक्त तस्वीरलाई प्रशंसा गरेका छन् भने कतिपयले आलोचना पनि गरेका छन् । रणवीर र दीपिकाको तस्वीरले सामाजिक सञ्जाल तातिइरहेको छ ।

Featured