देश राजनीति

प्रदेश ५ नेकपाद्वारा पद बाँडफाँड

बुटवल, असोज २–सत्तारुढ नेकपा प्रदेश ५ ले प्रदेशअन्तर्गतका प्रदेश र प्रतिनिधीसभा निर्वाचन क्षेत्र, उपमहानगरपालिका तथा विभाग र फाँटहरुको जिम्मेवारी बाडफाँड गरेको छ । नेकपा प्रदेश ५ कार्यालयको बुटवलमा कमिटीका अध्यक्ष ओनसरी घर्तीको अध्यक्षता, प्रदेश कमिटीका इन्चार्ज एवं प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो ।

बैठकमा प्रदेश कमिटीका सह–इन्चार्जहरु कुलप्रसाद के.सी., दलबहादुर राना, वैजनाथ चौधरीको समेत उपस्थितिमा बसेको बैठकले सबगै क्षेत्रमा जिम्मेवारी बाँडफाड गरेको हो । प्रदेश ५ का १२ वटै जिल्लाका निर्वाचन क्षेत्रमा इन्चार्ज र सहईन्चार्ज तोकिएको छ भने फाँट, सल्लाहकार कमिटी, प्रदेशसभा निर्वाचन क्षेत्र, उपमहानगरपालिका, नगरपालिका एवं गाउँपालिकाहरुमा पनि जिम्मेवारी बाँडफाँड गरिएको प्रदेश अध्यक्ष ओनसरी घर्तीद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

रुपन्देहीको क्षेत्र नं. १ को इन्चार्ज हिरा केवट र सहइन्चार्जको जिम्मेवारी जानकी न्यौपानेलाई दिइएको छ भने क्षेत्र नं.२ इन्चार्ज गोपाल भट्टराई र सहइन्चार्ज पुरुन गुरुङ बनेका छन् । त्यसैगरी, क्षेत्र नं.३ को इन्चार्ज विश्वराज बराल र सहइन्चार्ज पुष्पाञ्जली उपाध्याय बन्दा क्षेत्र नं.४ मा इन्चार्ज .बाबुलाल यादव र सहइन्चार्जमा लक्ष्मी कोइरालाले जिम्मेवारी पाएका छन् । क्षेत्र नं. ५ को इन्चार्ज .भूमिलाल सापकोटा बन्दा सन्तोष रसाइली सहइन्चार्ज बनेका छन् ।

त्यसैगरी, प्रदेशसभा निर्वाचन क्षेत्रतर्फ क्षेत्र नं.–१ (१) इन्चार्जमा कृष्ण न्यौपाने र सहइन्चार्ज .मक्सुद अली, क्षेत्र नं.–१ (२) मा इन्चार्ज हिरा केवट, क्षेत्र नं.–२ (१) इन्चाज भगवती घिमिरे २ मा इन्चार्ज भोजप्रसाद श्रेष्ठ र सहइन्चार्जको जिम्मेवारी सावित्रा अर्याललाई दिइएको छ । त्यसैगरी, क्षेत्र नं.३ (१) मा इन्चार्ज .विश्वराज बराल, क्षेत्र नं.३ (२) मा इन्चार्ज तुलसी चौधरी , क्षेत्र नं.४ (१) इन्चार्ज ओमप्रकाश गुञ्जारी, क्षेत्र नं.४ (२) मा इन्चार्ज लक्ष्मी कोइरालालाई जिम्मेवारी दिइएको छ । यस्तै, क्षेत्र नं.५ (१) मा इन्चार्जको जिम्मेवारी भूमिलाल सापकोटालाई दिइएको छ भने क्षेत्र नं. ५ (२)मा इन्चार्ज सन्तोष रसाइली, सहइन्चार्ज .इन्साफ मुसलमान बनेका छन् ।

Featured