देश

मुुलुुकमा निर्माणको महाअभियान शुरु : सञ्चारमन्त्री

विराटनगर, असोज २–सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल वास्कोटाले राजनितिक लडाई सकिएकाले अव मुुलुुकमा निर्माणको महाअभियान शुरु भएको वताएका छन् । गोरखापत्र पूर्वक्षेत्र विराटनगर प्रकाशनको बिहिबार विराटनगरमा शुभारम्भ गर्दे मन्त्री बास्कोटाले सिंगो नेपाललाई नव नेपाल वनाउने यात्रा शुरु भइ सकेकाले अव जनताले अनुभुति गर्नेगरी विकास निमार्णका कामले गति लिने बताए ।

लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताउदै उहांले बिकास भएन भनेर आलोचना गर्नेहरुलाई काम गरेर जवाफ फर्काउन सरकार लागि परेको बताए । लोकतन्त्रमा सवै अटाउन सकिने तर लोकतन्त्र विरोधी प्रतिगामी र उत्थानवादीको लोकतन्त्रमा कुनै ठाँउ नभएको उनले बताए ।

कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले १ सय १९ बर्षको इतिहास बोकेको गोरखापत्रले अहिलेको प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने हिसाबले अघि बढ्नुपर्नेमा जोड दिए । यसअघि मन्त्री बास्कोटाले गोरखापत्रकालागि नवनिर्मित भवन र छापाखानाको उद्घाटन गरेका थिए । विराटनगर–१९ मा ७ कट्ठा जग्गामा भवन तथा छापाखाना निर्माण गरेर गोरखापत्रको प्रकाशन थालिएको हो ।

Featured