देश

तीन दिन देखी स्थिर सुनको मूल्य ह्वात्तै घट्यो

काठमाडौँ, असोज २–तीन देखी स्थिर सुनको मूल्यमा बिहिबार तोलामा ६ सय घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । बिगत तीन दिन देखी प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भाईरहेको छापावाल सुन तोलामा ६ सय रुपैयाँ घटेर आज प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी तेजवी सुन पनी तोलामा ६ सय घटेर प्रतितोला ७० हजार ४ सय रुपैयाँमा बिक्रीतिरण भईरहेको महासंघले जाएको छ । तीन दिन देखी स्थिर चाँदीको भाउमा पनि आज तोलामा १५ रुपैयाँ घटेको महासंघले जनाएको छ । तीन दिन देखी प्रतितोला ८ सय ७० मा कारोबार भईरहेको चाँदीको भाउ आज प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Featured