देश

आज दिउँसो पानी पर्ने, बेलुकाबाट मौसममा सुधार आउने

काठमाडौँ, असोज २–लगातार ४ दिनदेखिको वर्षा आजबाट भने कम हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि सक्रिय रहेकोमा आजबाट भने मौसममा क्रमिक सुधार आउने छ ।

आज दिउँसो देशभरी आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमका केही स्थानहरुमा र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको हुनेछ। राति देशभरी आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिमका केही स्थानहरुमा र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको हुनेछ।

भोलि देशभरी आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमका केही स्थानहरुमा र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको हुनेछ । भोलि शुक्रबार भने देशभरी आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Featured