देश

गृहमन्त्रीका भाइ रिहा

काठमाडौं, असोज १–गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंको आदेशअनुसार एक लाख रुपैयाँ धरौटी तिरेर थापा रिहा भएका हुन् । गुण्डा नाइके समीरमानसिंह बस्नेतसँग मिलेर निर्माण व्यवसायीहरुलाई धम्काइ रकम असुली गर्ने कार्यमा संलग्न देखिएपछि थापासहित सात जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दुई साताअघि पक्राउ गरेको थियो ।

अन्यलाई भने जिल्ला अदालतले पूर्पक्षको लागि जेल चलान गर्ने फैसला सुनाएको छ । जेलभित्र रहेका समीरमानसँग मिलेर थापासहित पवनकुमार नगरकोटी, विरबल भट्टराई, शैलेश प्रजापति, विनोद लामा, मानबहादुर पुन मगरले निर्माण व्यावसायीलाई धम्काइ पैसा माग गर्ने गरेका थिए । सोमबार सुरु बहस बुधबार सकिएकोहो ।

Featured