देश

संविधान दिवसको अवसरमा टेलिकमको सय रुपैयाँमा ३ जिबी डेटा

काठमाडौं, असोज १–संविधान दिवसका अवसरमा नेपाल टेलिकमले १ सय रुपैयाँमै ३ जिबी डेटा प्याक उपलब्ध गराउने भएको छ । यो डेटा प्याकेज लिएर तीन दिनसम्म प्रतिदिन १ जिबीका दरले प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध हुनेछ । यो योजनामा सहभागी हुन *1415*3#  मा डायल गर्नुपर्छ । साथै 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Featured