देश

इटालीमा तीब्र गतिको कारण डुङ्गा पल्टिदा, ३ जनाको मृत्यु

एजेन्सी, असोज १–इटालीको भेनिस शहरमा एक विद्युतीय डुङ्गा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ। तीब्र गतिमा कीर्तिमान राख्न भेनिस शहरको जलक्षेत्रमा चलाइएको डुङ्गा कृत्रिम चट्टानमा ठोकिएर दुर्घटनामा परेको अधिकारीले जनाएका छन्।

भेनिस शहरमा तीब्र गतिको डुङ्गा दुर्घटना भएको हो। मृत्यु हुनेमा दुई बेलायती नागरिक समेत रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। डुङ्गामा सवार अर्का व्यक्ति भने बाच्न सफल भएका छन्।

मोनाकोबाट भेनिससम्म तीब्र गतिमा डुङ्गा चलाएर कीर्तिमान राख्ने क्रममा दुर्घटनामा परेको डुङ्गाको गति १ सय किलोमिटर प्रतिघण्टा रहेको जनाइएको छ। दुर्घटना हुने क्रममा डुङ्गा १८ घण्टा ३० मिनेटभन्दा लामोसमय चलाइएको थियो।

Featured