देश

पानी परेपछि किसान हर्षित

वीरगञ्ज, असोज १–केही दिनदेखि वर्षा भएपछि तराईका किसानहरु खुसी भएका छन्। आकाशे पानीको भरमा खेती गर्दै आएका किसानहरु वर्षा भएपछि खुसी भएका हुन्। लामो समयदेखि पानी नपरेकाले किसानहरुले लगाएको धान बाली प्रभावित भएकोमा केही दिनदेखि परेको पानीले राहत महसु्स भएको पर्साको पटेर्वा सुगौली गाउँपालिका निचुटाका किसान असर्फी साहले बताए।

धान रोपाई गर्ने बेलामा नै आवश्यक मात्रामा पानी नपर्नु र त्यपछि पनि खडेरी भर्एपछि किसानहरु चिन्तामा थिए। सिँचाइ अभावमा सिथ ब्लाईट रोगको प्रकोप देखिन थालेको थियो। तर अब पानी परेपछि उक्त रोगको प्रकोप हट्ने विश्वास किसानहरुमा छ।

धानमा सिथ ब्लाईट रोग लागेमा बिस्तारै धानको पात सुकेर झर्ने जिल्ला कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी एवं प्राबिधिक श्याम बिशोर प्र्रसाद कुर्मीले बताए। उनले यो रोग लागेमा धान खेतको पानी फेर्नुपर्ने बताए।

Featured