देश

जेष्ठ नागरिक आश्रमलाई मुक्तिनाथ विकास बैंकको सहयोग

काठमाडौं, असोज १–मुक्तिनाथ विकास बैंकले राइनास नगरपालिका ५ पाउदीको ढिक, लमजुङको सर्वोदय सेवाश्रमद्वारा सञ्चालित जेष्ठ नागरिक आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । १३ जना जेष्ठ नागरिकले आश्रय लिइरहेको सर्वोदय सेवाश्रमको वार्षिकोत्सवको अवसर पारेर बैंकले खाद्यान्न सहयोग गरेको हो । खाद्यान्न मुक्तिनाथ विकास बैंकका डुम्रे शाखा प्रमुख ईश्वर सापकोटाले सर्वोदय सेवाश्रमलाई हस्तान्तरण गरेका छन् ।

मुक्तिनाथ विकास बैंकले देशभरका १२० वटा शाखाबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशभर भिसा नेटवर्कअन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवा उपलब्ध गराएको छ । हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुनेगरी रेमिट्यान्स केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको बहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

Featured