देश सूचना/ प्रबिधि

हाम्रो जीनमा नै खोज अनुसन्धान छ : प्रधानमन्त्री ओली

काठमाडौं, असोज १–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको दुःख निवारणका तीन उपाय बताएका छन् । बुधबार काठमाडौंमा आयोजित सातौं राष्ट्रिय विज्ञान दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वीर पुर्खाको वंशाणुगत गुण, प्राकृतिक सुन्दरता र विशाल युवा जनशक्तिलाई नेपालीहरुको दुःख निवारणको उपायको रुपमा व्याख्या गरेका हुन्।

प्रधानमन्त्री ओलीले भने, ‘हामी वीर पुर्खा र विद्वान पुर्खाका सन्तान हौं। त्यो जीन हामीसँग छ। हाम्रो जीनमा नै खोज अनुसन्धान छ। अहिले भएका पाका वैज्ञानिकहरुले सीमित खोज अनुसन्धान गर्नुपर्याे होला, नयाँ पुस्तालाई अवसर छ ।’ ‘प्राकृतिक हिसाबले हामीसँग प्रशस्त सम्भावना छ, युवाको ठूलो जनसंख्या छ, अब हामी विकास गर्न सक्छौं, परम्परागत ढंगले विकास सम्भव छैन , त्यसकारण समाजलाई विज्ञान सम्मत ढंगले लैजानुपर्छ ।’ उनले युवा वैज्ञानिकहरुलाई उत्साहित भएर काममा लाग्न आग्रह गर्दै सरकारले साथ दिने पनि बताए। ‘राजनीतिक वातावरण बनेको छ। अरु वातावरण बनाउनका लागि सरकार तयार छ, बनाउँछ,’ उनले प्रतिबद्धता जनाउँदै भने, ‘विज्ञान र प्रविधिको क्षेत्रमा केही गर्ने अठोट गरेका छौं। अब शान्तिपूर्ण ढंगले जानुपर्ने छ।

त्यसकारण उत्साहित भएर काममा लाग्नुपर्छ।’भनेका छन्। उनले नेपालमा विकास र समृद्धिको कुरा गर्दा विरोधका कुरा आउने गरेको गुनासो गरे। सरकारको विरोध गर्नेहरुलाई उखरमाउला भन्दै प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्र ल्याइसकेपछि नेपाली जनताले दुःख पाउँछन भन्ने कुरा छैन, हामी लोकतान्त्रिकलाई सुदृढ गर्दै शान्तिपूर्ण ढंगले अगाडि जान्छौं।केही स्वार्थी तत्वहरु विकासभन्दा उखरमाउला कुरा गरेर जन्मदै कोही सार्थक हुन्छ भनेर हिँडिरहेका छन्।’

Featured