देश राजनीति

विप्लवको गोप्य कार्यालयमा प्रहरीको छापा, तीन जना पक्राउ

झापा, भदौ ३१–नेत्रविक्रम चन्द विप्लव समूहको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ । बिर्तामोड नगरपालिका ४ नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि राखिएको विप्लवको गोप्य कार्यालयमा प्रहरीले सोमबार छापा मारेको हो ।

कार्यालयबाट महत्वपूर्ण दस्तावेजसँगै हतियार पनि बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले विप्लवका झापा जिल्ला जनसरकार प्रमुख टीका पोखरेल, सेक्रेटरी प्रविण मिश्र र मकवानपुरका कार्यकर्ता अनुल सारुलाई पक्राउ गरेको छ । पोखरेल र मिश्र एक महिनायता झापामा भएका विस्फोटका योजनाकार भएको प्रहरी दाबी छ ।

Featured