देश

सरकार अधिनायकवादी हुन सक्दैन : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, भदौ ३१–उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेले वर्तमान सरकार अधिनायकवादी हुन नसक्ने बताएका छन् । काठमाडौं चेम्बर अफ कमर्सद्वारा राजधानीमा आयोजित एक महिने रक्तदान कार्यक्रमको समापन कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले जनताबाट अनुमोदित पार्टीको सरकार भएकाले वर्तमान सरकार अधिनायकवादी हुन नसक्ने बताएका हुन् ।

उपप्रधानमन्त्री मन्त्री पोखरेलले गणतन्त्रका लागि गरेका संघर्षपछि गणतन्त्रभित्रका कमजोरी हल गर्न बाँकी रहेका नीति तथा कानून निर्माण कार्यमा सरकार गम्भीरताका साथ अगाडि बढेको बताए ।

उपप्रधानमन्त्री पोखरेलले सरकार उद्योगी तथा व्यवसायीको समस्या समाधानमा गम्भीर रहेको स्पष्ट पारे । उनले भने, ‘चेम्बरले भोगेका समस्या बुँदागत रूपमा ल्याउनुस्, म समस्या समाधानमा लाग्ने छु ।’ कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष कृष्णमान श्रेष्ठले व्यवसायीहरू सामाजिक रूपमा उत्तरदायी भएको अवस्थामा मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरण निश्चित रहेको बताए ।

Featured