देश

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

काठमाडौं, भदौ ३१–एनसेलका ग्राहकले अब कुनै पनि समय बिना कुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सक्ने भएका छन् । एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको हो । योजनाअन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । असोज १ देखि लागू हुने यो योजनाअन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँचवटा प्लान छन् । यी प्लानअन्तर्गत ग्राहकले प्लानको समयावधि रहुन्जेल अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्न सक्नेछन् ।

यसबाहेक यी प्लानअन्तर्गत ग्राहकले अन नेट अर्थात् एनसेल नेटवर्क्भित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन् । यो योजनाको प्रमुख विषेशता प्रत्येक प्लानमा बन्ड लिंक गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफैं डेटा बन्द हुने कम्पनीले जनाएको छ । ग्राहकले तत्काल मेरो प्लान प्रयोगकर्ताका लागि विशेष रुपमा तयार गरेको थप डेटा प्याक लिई सेवाको प्रयोग गर्न सक्नेछन् ।

ग्राकहले करसहित २५४.१० रुपैयाँमा १ जिबी डेटा भोल्युम र करसहित मात्र १.२८ प्रति मिनेटमा एनसेल नेटवर्क्भित्र कल गर्न सकिने प्लान १९९ लिन सक्नेछन् । प्लानअन्तर्गतको डेटा भोल्युम समयावधि अगाडि नै सकिएमा ग्राहकले करसहित मात्र ८९.३८ मा थप १ जिबी प्याक सुचारु गरी सुलभ दरमा डेटा सेवाको मजा लिन सक्ने एनसेलले जनाएको छ ।

प्लान २९९ अन्तर्गत ग्राहकले ३ जिबी डेटा भोल्युम र १.१५ प्रति मिनेट अन नेट भ्वाइस सेवा ३८१.७९ रुपैयाँमा सुचारु गर्न सक्नेछन् । प्लानअन्तर्गतको डेटा भोल्युम समय सीमाअगाडि नै सकिएमा ग्राहकले मात्र १२७.६९ रुपैयाँमा थप २ जिबी प्याक सुचारु गर्न सक्नेछन् ।

ग्राहकले आवश्यकताअनुसार पाँचमध्ये कुनै पनि एक प्लान लिन सक्नेछन् । यो योजनाअन्तर्गत ग्राहकका लागि ६ जिबी डेटा भोल्युम रहेको प्लान ४९९ र १५ जिबी डेटा रहेको प्लान प्लान ७९९ पनि छन् । ग्राहकले ६३७.१७ मा प्लान ४९९ लिन सक्छन् । यो प्लानमा मात्र १.०२ रुपैयाँ प्रति मिनेटमा भ्वाइस सेवाको प्रयोग गर्न सकिन्छ र प्लानमा भएको डेटाको भोल्युम सकिएपछि ग्राहकले थप ३ जिबी डेटाको प्याक १९१.५४ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

त्यस्तै प्लान ७९९ अन्तर्गत १०२०.२४ रुपैयाँमा १५ जिबीका साथै ८९ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क्भित्र भ्वाइस सेवा लिन सकिन्छ । यो प्लानमा भएको डेटा भोल्युम समयावधिअगावै सकिएमा ग्राहकले मात्र ३८३.०७ रुपैयाँमा थप ७ जिबी डेटा भोल्युम लिन सक्नेछन् ।

मासिक रुपमा बढी डेटाको आवश्यकता रहेका ग्राहकका लागि एनसेलले प्लान ९९९ पनि ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकले मात्र १२७५.६२ रुपैयाँमा २५ जिबी डेटा र मात्र ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क्भित्र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । उक्त प्लानमा भएको डेटा भोल्युम समयावधिअगाडि नै सकिए प्लानमा रहेका ग्राहकले मात्र ५१०.७६ रुपैयाँमा थप १० जिबी डेटा खरिद गर्न सक्नेछन् ।

हरेक प्लानअन्तर्गतको डेटा भोल्युम र सेवा प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ र पाँचमध्ये कुनै पनि प्लान सुचारु गर्ने ग्राहकले करसहित मात्र ०.६४ रुपैयाँमा एनसेल नेटवर्क्भित्र एसएमएस पठाउन सक्नेछन् । त्यसैगरी थप डेटा प्याकमा भएका डेटा भोल्युमको समयावधि सात दिनको हुनेछ ।

ग्राहकले एस्ट्रिक्स ३०२ ह्क्यास डायल गरी प्राप्त निर्देशनअनुसार कुनै पनि एउटा प्लान सुचारु गर्न सक्नेछन् । यो योजनामा समावेश गरिएका थप डेटा प्याक खरिद गर्न ग्राहकले एस्ट्रिक्स १७१२३ ह्क्यास डायल गरी प्लानअनुसारको डेटा लिन सक्नेछन् ।

ग्राहकका लागि ग्राहककै आवश्यकताअनुसारको डेटा, भ्वाइस र एसएमएस बन्ड लिंकसहितको प्लान ल्याएको एनसेलले जनाएको छ । यो योजनामा भएका कुनै पनि प्लान सुचारु भएपछि हरेक महिना स्वतः नवीकरण हुनेछन् । प्लान नवीकरण हुन ग्राहकको मोबाइलमा प्लानअनुसारको ब्यालेन्स हुनुपर्छ ।

मेन ब्यालेन्स प्लान नवीकरण गर्न अपुग भएको खण्डमा पनि ग्राहकले विद्यमान शुल्क भ्वाइस प्रति मिनेट करसहित २.५४ रुपैयाँ र एसएमएस सेवा करसहित प्रति एसएमएस १.२८ रुपैयाँमा प्रयोग गर्न सक्नेछन् । यो योजना लागू भएको दिनदेखि ३ महिनाका लागि मान्य हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Featured