देश

चुनावी र्यालीमा बम विष्फोट, २४ को मृत्यु, ३१ घाइते

एजेन्सी, भदौ ३१–अफगानिस्तानमा एक चुनावी र्यारलीमा भएको बम विष्फोटमा कम्तिमा २४ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। अफगानिस्तानको राजधानी काबुलको उत्तरमा परवान प्रदेशमा भएको चुनार्वी यालीमा राष्ट्रपति अशरफ घनीले सम्बोधन गर्ने कार्यक्रम थियो।

उक्त विस्फोटको समयमा घर्नी यालीमा पुगिसकेको भएपनि उनी सरक्षित रहेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उक्त विष्फोट आत्मघाती हमला भएको हुन सक्ने अनुमान गरिएको छ। यसका साथै काबुलमै भएको अर्को एक बम विष्फोटमा कम्तिमा तीन जनाको मृत्यु भएको छ। दुबै विष्फोटको हालसम्म कसैले पनि जिम्मेवारी लिएको छैन।

तालिबानले आगामी २८ सेप्टेम्बरमा हुने राष्ट्रपति चुनाव विथोल्ने घोषणा गरेको छ। यस चुनावमा वर्तमान राष्ट्रपति अशरफ घनीले लगातार दोस्रो कार्यकालको लागि उम्मेदवारी दिएका छन्।

Featured