देश

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.पोखरेल

काठमाडौं, भदौ ३१–स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. रोशन पोखरेलले पदबहाली गरेका छन् । ११औं तहका डा. पोखरेलले मंगलवार पदबहाली गरेका हुन् । यसअघि उनी कोशी अस्पतालका निर्देशक थिए । डा सुशीलनाथ प्याकुरेलले उमेरहदका कारण अवकाश पाएपछि रिक्त महानिर्देशकमा उनको नियुक्ति भएको हो ।

Featured