देश

बेनेली मोडल हन्ट नेपालको शीर्ष उपाधि सुदीप र कुशिकालाई

काठमाडौं, भदौ ३१–पाल्पाको रामपुरका २३ वर्षीय सुदीप वस्ती र काठमाडौंको कपनकी १८ वर्षीया कुशिका प्रसाईंले ‘बेनेली मोडल हन्ट नेपाल २०१९’ को शीर्ष उपाधि चुमेका छन् । पुरुषतर्फ २९ प्रतियोगीलाई पछि पार्दै सुदीप र युवतीतर्फ २६ प्रतियोगीलाई पछि पार्दै कुशिका उक्त मोडल हन्टको विजेता बनेका हुन् । प्रतियोगिता मोडल हन्ट नेपालले आयोजना गरेको हो ।

शनिबार होटल सोल्टीको प्रेक्षालयमा साँझ आयोजित अन्तिम स्पर्धामा शीर्ष विजेता बनेका दुवैले चीनमा हुने सुपर मोडल ग्लोब, लक्जरी ब्राण्ड मोडल अवार्ड, मिस्टर एण्ड मिस मोडल वल्र्डवाइड, मिस्टर वसिन, पन फेसन विक, एसिया लाइफ स्टाइल विकलगायत अन्तर्रा्ष्ट्रिय फेसन तथा मोडलिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गरे ।

नेपालमा चर्चित र स्तरीय मोडल उत्पादन गर्ने प्रतियोगिताको रूपमा स्थापित मोडल हन्ट नेपालको यो पाँचौ संस्करण हो । साजसज्जासहितको भव्य मन्चमा फेसनमय वातावरणसहित आयोजित प्रतियोगितामा सम्सद शाह र ख्याति शर्मा फस्ट रनरअपमा चुनिए भने अमन शाह, एलिना भुजू सेकेन्ड रनरअपमा चुनिए ।

यो संस्करणसम्म आउँदा प्रतियोगिताको प्रस्तुतीकरण र आयोजनालाई झनै परिष्कृत र स्तरीय बनाउन आफू सफल भएकोमा आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले खुशी व्यक्त गरे । युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वासमा अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकास गराउने उद्देश्यले प्रतियोगिता नियमित आयोजना हुँदै आएको नेक्स्ट मोडलकी प्रबन्ध निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

प्रतियोगिताको निर्णायकमा परमिता राणा (अभिनेत्रीरमोडल), उषा खड्गी (पूर्व्मिस नेपाल), सृजना रेग्मी (मोडलरनायिका), दलजित सुदान (अन्तर्रा्ष्ट्रिय फेसन डिजाइनर), अभिमन्यू सिंह तमोर (अन्तर्रा्ष्ट्रिय फेसन कोरियोग्राफर) रहेका थिए ।

मोडलिङ क्षेत्रलाई व्यावसायिक, व्यवस्थित र विस्तारित गर्ने उद्देश्यसमेत रहेको प्रतियोगितामा दिवस सिंखडा, सम्झना रावत बेनेली मोष्ट इस्टाइलिस, रूपेश दहाल, ख्याति शर्मा गल्ज ब्युटीपार्लर वेष्ट पर्सनालिटी, सम्सद शाह र कुशिका प्रसाईं फ्लाइटेक वेष्टवाक, अनिल लिम्बू, सिमोना भट्टराई ओखती मिष्टर एण्ड मिस मल्टिमिडिया, केल्भिन कायस्थ, विभुसी उपाध्याय इविजा पब्लिक च्वाइस, अमन शाह र विभूति उपाध्याय अयत्ना सोसियल्ली रेस्पोन्सिबल, सुदीप वस्ती, एलिना भुजु निश्चल फोटोग्राफी मोष्ट फोटो जेनिक विजेता बने ।

त्यस्तै, ऋतिका श्रेष्ठ र कुसुम रसाइली लुक्स काट मोष्ट पपुलर, केल्भिन कायस्थ, प्रतिष्ठा थापा क्षत्री नेस्ट मोडल नेपाल अर्गनाइजर्स च्वाइस, सुदीप वस्ती र प्रतिष्ठा थापा क्षत्री सम्भाला बेस्ट फिजिक र फिगर विजेता बन्न सफल भए ।

Featured