खेलकुद देश

फ्युचर प्लेयरका रुपमा नेपाली रग्बी खेलाडी जापान प्रस्थान

काठमाडौं, भदौ ३१–सन् २०१९ सेप्टेम्बर २० देखी सुरु हुने रग्बी वल्र्डकपअन्तर्गत एसिया रग्बीको व्यवस्थापन तथा वल्र्ड रग्बीको निमन्त्रणामा ‘इम्प्याक्ट बियोन्ड’ प्रोजेक्टमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली टोली जापान प्रस्थान गरेको छ । रग्बी संघका सचिव गोविन्द घिमिरेको नेतृत्वमा यु–१८ महिला क्याप्टेन मुस्कान आले मगर र यु–१८ पुरुष अभिषेक विक मंगलबार जापान प्रस्थान गरेका हुन् ।

उक्त प्रतियोगितामा एसियाबाट फ्युचर प्लेयरको रुपमा आफ्नो देशको प्रतिनिधित्व गर्दै खेलाडीहरु सहभागिता जनाउने छन् । यसले भविष्यमा रग्बी खेलको विकास र विस्तारमा सहयोग पुग्ने अपेक्षाले विश्व रग्बीले निमन्त्रणा दिएको सचिव घिमिरेले जानकारी दिए । सहभागी हुने खेलाडीलाई संघका अध्यक्ष टंकलाल घिसिङ, महासचिव चेतनराज गिरिलगायतले संघको कार्यालयबाट बिदाई गरेका थिए ।

Featured