खेलकुद देश

साफ यु–१८ च्याम्पियनसिपका लागि नेपाली टोलिको घोषणा

काठमाडौं, भदौ ३१-यहि आउँदो २० सेप्टेम्बरदेखि नेपालमा आयोजना हुन गईरहेको साफ यु–१८ च्याम्पियनसिपका लागि नेपाली यु–१८ को अन्तिम नामावली मंगलबार घोषणा गरिएको छ। मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले मंगलबार नेपाली यु–१८ टोलीको अन्तिम नामावली घोषणा गरेका हुन्।

साफ यु–१८ च्याम्पियनसिपक प्रतियोगिताका सबै खेलहरु सशस्त्र प्रहरीको हल्चोक स्टेडियममा हुँदैछ। नेपालले आफ्नो पहिलो खेल माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ। नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो।

यस्तो छ नेपाली यु–१८ स्क्वाड :

गोलकिपर्स : बिशाल सुनार, सुर्य अधिकार, पुजन होना
डिफेन्डर्स : बिशाल बस्नेत, रणदिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नबिन गुरुङ, रोशन दोङ, आलिक रुम्बा, अन्जल महर्जन
मिडफिल्डर्स : शिषिर लेखी, रोशन राना मगर, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापा
फरवार्डस : बृजेश चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी

Featured