देश

ओलीले दिए तीन भाषामा मोदीलाई जन्मदिनको शुभकामना

काठमाडौं, भदौ ३१-प्रधानमन्त्री केपी शर्माद्वारा मंगलबार बिहान ३ भाषामा ट्विट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले हिन्दी, अंग्रेजी तथा गुजराती भाषामा शुभकामना दिएका छन्। ‘प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, तपाइँलाई जन्मदिनको हार्दिक शुभकामना’, ट्विटमा मोदीलाई मेन्सन गर्दै उनले भनेका छन्,‘म तपाइँको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दछु। मलाई पूरा विश्वास छ कि हामी मिलेर नेपाल–भारत दुई पक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने छौं।’

सन् १९५० सेप्टेम्बर १७ मा गुजरातमा जन्मिएका मोदीको यो ६९ औं जन्मदिन हो।

Featured