खेलकुद देश

एसियन टेबलटेनिसको फाइनलमा नेपाली महिला टिम

काठमाडौं, भदौ ३०–इन्डोनेसियाको योकर्ता शहरमा जारी २४ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा नेपाली महिला टोली फाइनल प्रवेश गरेको छ। नेपाली टोलीका ब्यवस्थापक धर्ममान बज्राचार्यकाअनुुसार नविता श्रेष्ठ, एलिना महर्जन र शिक्का सुवाल सम्मिलित नेपाली टिमले लिग कम नकआउटका आधारमा पहिलो खेलमा जोर्डनलाई र दोश्रो खेलमा तुर्कि्िमनिस्तानलाई समान ३–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

नेपाली महिला टोली लिग चरणमा मकाउ र इरानसँग भने समान ३–० को सेटमा नै पराजित भएको थियो। यस्तै पुरुष टिमले पनि तुर्कि्िमनिस्तानमाथि ३–१ को जित निकालेको छ। जसमा स्यान्टु श्रेष्ठले २ र संयोग कपालीले एक खेल जितेका थिए । अमरलाल लाल मल्ल भने पराजित भएका थिए। मेन्स टिम ईभेन्ट्सकै अर्को खेलमा भने नेपाल थाईल्याण्डसँग ३–० ले पराजित भएको छ।

Featured