देश

चेम्बर अध्यक्ष र नेपालका लागि रुसी राजदूतबीच भेटवार्ता

काठमाडौं, भदौ ३०–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपालका लागि रुसी राजदूत एलेक्सी ए. नोभिकोभबीच भेटवार्ता भएको छ । भेटका अवसरमा दुई पक्षीय व्यापारिक तथा आर्थिक सम्बन्ध विस्तारका बारेमा छलफल भएको छ ।

भेटमा दुबै मुलुकले एक आपसमा व्यापारिक प्रतिनिधि मण्डलको आदानप्रदान गर्ने, व्यापार मेला तथा प्रदर्शनीमा सहभागिता एवं चेम्बर एक्स्पो २०२० बारेसमेत छलफल भएको चेम्बरले जनाएको छ ।

Featured