देश

सुदूरपश्चिममा प्रादेशिक भाषा निर्धारणको अभियान

डडेलधुरा, भदौ ३०–भाषा आयोगले प्रादेशिक भाषा निर्धारणका लागि नेपाल सरकारलाई सिफारिश गर्ने उद्देश्यका साथ अभियानको थालनी गरेको छ। प्रादेशिक रूपमा सरकारी कामकाजको भाषा निर्धारणका लागि आइतबार डडेल्धुरा जिल्ला सदरमुकाममा सदूरपश्चिम प्रदेशस्तरीय ‘प्रादेशिक भाषा संगोष्ठी’ सम्पन्न गरेको हो। कार्यक्रममा दार्चुला, बैतडी, बझाङ र डडेलधुरा जिल्लाका स्थानीय तहका प्रमुख÷उपप्रमुख र भाषाविदहरूका साथै पत्रकारहरूको सहभागिता थियो।

Featured