खेलकुद देश

नेपाल क्रिक्रेट संघको निर्वाचन असोज १० र ११ गते हुने पक्का

काठमाडौं, भदौ ३०–नेपाल क्रिकेट संघको निर्वाचनको नयाँ मिती तोकिएको छ । यसअघि असोज ३ र ४ गते हुने भनिएको क्यानको निर्वाचनको नयाँ मिती असोज १० र ११ गते काठमाडौंमा हुने भएको हो । आइसीसीबाट आएका उस्मान ख्वाजा र अमर शेखसँगको छलफलपछि निर्वाचन काठमाडौंमा गर्ने निर्णय गरिएको हो ।

आइसीसीका पदाधिकारी र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल र स्वतन्त्र समितीका पदाधिकारी विच भएको छलफल पछि नयाँ मिती तय गरिएको हो । यसअघि जिल्ला प्रदेशको निर्वाचन सकिएपछि स्वतन्त्र समितीले असोत तीन र चार गतेका लागि केन्द्रिय निर्वाचन तोकेको थियो ।

तर त्यसमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले असन्तुष्टी जनाएका थिए । आफुलाई जानकारी नै नगरी निर्वाचन तोक्न नपाईने भन्दै सिलवाल रुष्ट भएपछि तीन र चार गते हुने भनिएको क्यानको निर्वाचन अन्योल बनेको थियो ।

सदस्यसचिव सिलवालले आइसीसीका पदाधिकारीलाई नै नेपाल बोलाएर आफै बसेर छलफल गरेका थिए । जस अनुसार क्यानको मिती एक साता पर धकेलिएको हो । यसका साथै निर्वाचनमा आइसीसी र परिषद्को संलग्नतामा हुने सहमति भएको छ । यसअघि स्वतन्त्र समितीले निर्वाचन गराउने प्रावधान विधानमा भएपनि सिलवालले परिषदले नै निर्वाचन कमिटी बनाउनु पर्ने भन्दै आफ्नो दावी गरेका थिए । यसमा आइसीसीका पदाधिकारी पनि सहमत भएपछि अब क्यानको निलम्बनको बाटो खुल्ला भएको छ ।

अक्टोबरमा हुने आइसीसीको क्वाटर बैठकमा क्यानको निलम्बनको फुकुवाको बाटो खेल्ने भएको छ । अब क्यानको निर्वाचन भएपछि यसलाई परिषद्ले मान्यता दिएर आइसीसीलाई पठाउने छ । त्यसपछि नेपालको निलम्बनको फुकुवाको बाटो आधिकारीक रुपमा अगाडी बढ्नेछ ।

आजको छलफलमा मुख्य गरी चार वटा बुधामा छलफल भएको थियो । जसमा पहिलो निर्वाचनका मिती तय गर्नु, दोस्रो निर्वाचनलाई कसरी स्वतन्त्र, पारदर्शी गरिकाले गर्न सकिन्छ भन्नेमा बढि जोड दिइएको परिषद्का सदस्यसचिक रमेश सिलवालले बताए । यसका साथै अबको आइसीसीको बैठकमा क्यानको निलम्बनलाई फुकुवाको बाटो कसरी गर्न सकिन्छ भन्नेमा छलफल भएको उनले बताए ।

करिव दुई घण्टा बसेको बैठकको निस्कर्षपछि सिलवालले अबको आइसीसीको बैठकमा क्यानको निलम्बन फुकुवा हुनेमा एक सय प्रतिशत ढुक्क भएको बताए । यसका साथै उनले नेपाली क्रिकेटको विकाशमा कसरी अगाडी बढ्न सकिन्छ, आइसीसीले के गर्न सक्छ र नेपालले के गर्न सक्छ भन्ने पनि कुरा भएको उनले बताए । नेपालमा क्रिकेट पुर्वाधारका साथै प्रतियोगिता आयोजना र खेलाडीको प्रशिक्षणलाई कसरी राम्रो गर्न सकिन्छ त्यो विषयमा भएको छलफलमा आइसीसी सकारात्मक भएको उनले बताए ।

Featured