देश

अटिजम केयर नेपाल सोसाइटीलाई मुक्तिनाथको सहयोग

काठमाडौं, भदौ ३०–मुक्तिनाथ विकास बैंकले अटिजम केयर नेपाल सोसाइटी कास्कीलाई तालिम भवन निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सोसाइटीलाई सहयोग गरेको जनाएको छ । सहयोग रकमबराबरको चेक मुक्तिनाथका नायब प्रमुख कार्यकारी अधिकृत समीरशेखर बज्राचार्यले अटिजम केयरका कोषाध्यक्ष सरु अधिकारीलाई हस्तान्तरण गरे । अटिजम केयर नेपाल सोसाइटीले जिल्लाभरका अटिजम (फरक सक्षम) भएका बालबालिकाको क्षेत्रमा विभिन्न तालिम तथा क्रियाकलाप गर्दै आएको छ ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुनेगरी रेमिट्यान्स केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियान सञ्चालन गरेकोे बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

Featured